FLASH NEWS
  • Loading...

भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेको भन्दै विप्लवले जनाए आपत्ति

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६५ पटक पढिएको
भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेको भन्दै विप्लवले जनाए आपत्ति

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारतको नक्सा प्रति आपत्ति जनाएका छन् । नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखिएको भन्दै विप्लवले आपत्ति जनाएका हुन् ।

 

बुधबार एक विज्ञप्ति जारी गर्दै विप्लवले नेपाली भूभाग समेटिएको नक्सा जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले उक्त निर्णयको बिरोध गर्दै मोदी सरकारको हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज भएको बताएको छन्।

साथै विप्लवले नेपाल सरकारलाई उक्त नक्सा तुरुन्त हटाउन जोडदार माग गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी भारतीय संसद भवनको नक्साबाट नेपाली भूमी कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमार्फत विप्लवले भनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित