FLASH NEWS
  • Loading...

राष्ट्रपतिले संसदको अधिकार खोस्ने काम गरेः योगेश भट्टराई

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८० पटक पढिएको
राष्ट्रपतिले संसदको अधिकार खोस्ने काम गरेः योगेश भट्टराई

काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको बताएका छन् ।

भट्टराईले अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै निष्कृय हुने भएकाले राष्ट्रपतिले संविधानकै उल्लङघन गरेको बताए । ‘संसदको अधिकारी हनन् भएको छ, असंवैधानिक कदम चाल्नुभएको छ’, उनले भने। नागरिकता जस्तो संवेदनशील विषयमा सहमतिको आधारमा अगाडि बढाइनुपर्ने भट्टराई बताउँछन्।

तर, राष्ट्रपति पौडेललाई राष्ट्रलाई दुई ध्रुबमा विभाजित गरेको आरोप भट्टराईले लगाए। ‘संविधानको धारा ६१ ६६ बमोजिम प्रमाणिकरण भनेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन समेत भएको छ’, सचिव भट्टराईले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड भारत भ्रमणमा निस्कने दिन प्रमाणिकरण हुनुले अर्को आशंका सिर्जना भएको भट्टराईले बताए। ‘प्रधानमन्त्री भारत भ्रमणमा निस्किने दिन प्रमाणिकरण हुनुले शंका, उपशंका त हुने नै भयो’, उनी भन्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित