FLASH NEWS
  • Loading...

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान

  • गोल्डेन खबर
  • १ साल अघि
  • २६६ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।

बुधबार अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका हुन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका छन्।

गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित