FLASH NEWS
  • Loading...

प्रचण्ड र बाबुरामलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५६ पटक पढिएको
प्रचण्ड र बाबुरामलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड र डा। भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपीठ गरिएको हो ।

आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकिर गर्दै विष्टसहितले शुक्रबार रिट निवेदन दिएका थिए । आफूहरुलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरुले माग गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित