FLASH NEWS
  • Loading...

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४५ पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले जावलाखेलमा अपराह्न आयोजित भोटोजात्रामा सरिक भइ अवलोकन गरेका हुन् । मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । पौडेलले मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । सँगै जीवित देवी कुमारीको पनि दर्शन गरेका थिए ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए । सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो । गत वैशाख ११ गतेदेखि सुरू भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित