FLASH NEWS
  • Loading...

सरकारद्वारा विश्व बैंकबाट आएको १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५६ पटक पढिएको
सरकारद्वारा विश्व बैंकबाट आएको १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार

काठमाडौं- सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट आएको १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गरेको छ ।

सरकारका प्रवक्ता रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकको सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकले जापान सरकारबाट प्राप्त हुने मानव संशाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने र विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९।७० मिलियन अमेरिकी डलर सहायत स्वीकृत गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने अबदेखि हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित