FLASH NEWS
  • Loading...

ढाकाकुमारलाई कारबाही गरेको सूचना सुनाउने विषयमा संसद सचिवालय अलमलमा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९४ पटक पढिएको
ढाकाकुमारलाई कारबाही गरेको सूचना सुनाउने विषयमा संसद सचिवालय अलमलमा

काठमाडौं— सोमबार, बैशाख ११ सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्ट रास्वपा ले कारबाही गरेको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाउने विषयमा संसद सचिवालय अलमलमा परेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सांसद श्रेष्ठले घुसको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको सूचना स्वतन्त्र पार्टीले वैशाख ३ गते संसद सचिवालयलाई गराएको छ। सभामुखले उक्त सूचना प्रतिनिधिसभा बैठकमा सुनाएलगत्तै श्रेष्ठको पद रिक्त हुनेछ र उनको स्थानमा अर्को सांसद पठाउने बाटो खुल्छ। तर संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने रास्वपाले दिएको सूचना अध्ययनकै क्रममा रहेको बताएका छन्।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ अनुसार दलले दिएको यस्तो सूचना सभामखुले प्रतिनिधि सभाको बैठक बसेको पन्ध्र दिनभित्र सदनमा जानकारी गराउनुपर्नेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार रास्वपाले यस्तो जानकारी दिएको पन्ध्र दिन आउँदो वैशाख १८ गते पुग्नेछ। तर संसद सचिवालय राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाहीलाई मान्यता दिने पक्षमा छैन। रास्वपाले पठाएको पत्रको भाषा र शैली नमिलेको कारण त्यसलाई संसद बैठकमा जानकारी गराउन नमिल्ने तर्क सचिवालयको छ।

‘रास्वपाले संसद सचिवालयलाई पठाएको पत्रमा’ संसदीय दलको कार्यालय, सिंहदरबारु भनिएको छु संसद सचिवालयका एक उच्चपदस्थ कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘संसद सचिवालयलाई समेत संसदीय दल भनिएको छ। अनि पत्रमा कानून बमोजिम पद पूर्तिका लागि आवश्यक प्रक्रिया बढाउन भनिएको छ। हाम्रो काम नै त्यो होइन।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित