FLASH NEWS
- Loading...
चितवन–२मा खस्यो गत मंसिरको भन्दा कम मत
- गोल्डेन खबर
- १ साल अघि
- ११६ पटक पढिएको
काठमाडौं— चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ । मंसिरमा पहिला ६७।६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।
केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान जारी छ । ५ बजेसम्ममा मतदान केन्द्रमा पुगेर लाइन बसेकाले मत हाल्न पाउँछन् । चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।
प्रतिक्रिया दिनुहोस