FLASH NEWS
  • Loading...

बालेन विरुद्धको रिटमा आज सुनुवाई हुदै

  • गोल्डेन खबर
  • १ साल अघि
  • २२१ पटक पढिएको
Post Thumbnail

काठमाडौं— राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) माथी परेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ।

बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। सिंहदरबार र राष्ट्रपति कार्यालय शितल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतका अधिवक्ता पदमबहादुर श्रेष्ठले वैशाख ४ गते रिट दर्ता गराएका थिए। रिटमा काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहलाई समेत विपक्षी बनाइएको छ।

फोहोर उठाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रँदा रोग फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। स्थानीय र संघीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर काम गर्नुपर्ने दाबी रिटमा गरिएको छ। सर्वोच्चले सुुनवाइ सकेर अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा महानगरले फोहोर उठाउनुपर्ने छ। महानगरका प्रमुख शाहले सिंहदबारले आफूलाई सहयोग नगरेको भन्दै फोहोर नउठाउने निर्णय गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित