- Loading...
मैले बुझेको सरकार समस्या होइन समधान हो : रुक्मणी राना बराईली
- गोल्डेन खबर
- १ साल अघि
- १६३ पटक पढिएको
काठमाडौं – नेकपा एमाले समानुपातिक सांसद प्रतिनिधि सभा सदस्य रुक्मणी राना बराईलीले मैले बुझेको सरकार समस्या होइन समधान हो भन्दै बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सम्बोधन गर्दै उनले बताएकी हुन । बराईलीले आफुहरु जनताको प्रतिनिधिका रुपमा सदनमा उभिएको चार महिना बितिसक्दा पनि फेरि जनताका समस्या जनताको गुनासो पोखिराखेको र सरकारले अहिले सम्म समधानको बाटो लम्किरहेको पटक्कै नदेखिएका बताएकी छन् ।
उनले आफ्ना जिल्लाका समस्या काभ्रेजिल्ला अरनिको राजमार्गमा कोदारी जहा रामेछाप दोलखा सिन्दुपालचोक खासा हुदै आउने मालवाहक गाडी हरु चल्ने राजमार्ग हो । काभ्रेजिल्लाको सडक निर्माण ठेक्का गौरी पार्वती निर्माण कम्पनीलाई परेको भएपनि बाइस महिना भित्र सक्ने भनेर लिएको ठेक्का एक बर्ष भइसक्दा आज सम्म बीस प्रतिशत काम नभएको र काभ्रेजिल्ला स्थानिय सरकार र प्रशासन प्रतिनिधिहरु उक्त कम्पनीका ठेकादारहरु सग छलफल गर्दा आज सम्म सुनुवाई नभएको बताइन् ।
उक्त सडकका खाल्डाले गर्दा जनतालाई दिनहु हुने घटना सुन्नु परेको र अब त्यहाका जनताहरु आन्दोलित हुने अवस्थामा पुगेका सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्ने चाहेको बताइन् ।