- Loading...
एनपी साउद परराष्ट्रमन्त्री, दिउँसो ३ बजे शपथ
- गोल्डेन खबर
- १ साल अघि
- १८३ पटक पढिएको
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्नु हुने भएको छ । साउदलाई आज दिउँसो ३ बजे परराष्ट्रमन्त्रीको शपथ गराउने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।
संसदको ठूलो दल कांग्रेसले सत्ता गठबन्धनमा ८ मन्त्रालय पाएको छ । त्यसमध्ये ४ मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । साउदको नियुक्तिसँगै सरकारमा कांग्रेसबाट ५ मन्त्री हुनेछन् ।
कांग्रेसमा संस्थापन पक्ष र शेखर कोइराला समूहबीच भागबण्डा नमिल्दा थप ३ मन्त्री नियुक्तिमा ढिलाई भएको छ ।
शेखर समूहले आफ्नो पक्षका ३ जनालाई मन्त्री बनाउन सभापति शेरबहादुर देउवालाई दबाव दिँदै आएको छ । शेखर समूहले आफ्ना पक्षबाट ३ मन्त्री नबनाइए सरकारमा नजाने चेतावनी समेत दिँदै आएको छ ।
पार्टीभित्रको भागण्डा किचलोबीच साउदलाई शपथ गराइए पनि बाँकी ३ मन्त्री भने वैशाख १० गते हुने उपनिर्वाचनपछि मात्रै नियुक्त गरिने स्रोतको भनाई छ ।