FLASH NEWS
- Loading...
जापानका प्रधानमन्त्रीमाथि आक्रमण प्रयास
- गोल्डेन खबर
- १ साल अघि
- ४५७ पटक पढिएको

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ ।
वाकायामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री फुमियोमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदोले जनाएको हो । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको सुरक्षित रूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ ।
प्रतिनिधि सभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा सम्बोधन गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस