- Loading...
कोशी राख्दा जातीय द्वन्द्व कम भयो: अध्यक्ष नेपाल
- गोल्डेन खबर
- १ साल अघि
- २४७ पटक पढिएको
|?????????????????????????????????????????????????????????
विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नाम राख्दा जातीय द्वन्द्व कम भएको बताउनुभएको छ ।
प्रदेश नामाकरणपछि त्यसलाई फेर्न माग गर्दै केही समूहले आन्दोलन गरिरहेको बेला पूर्व प्रधानमन्त्री नेपालले बुधबार इटहरीमाम पार्टीद्रावा आयोजित अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताउनुभएको हो ।
‘हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल गर्यौँ, साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो’, उहाँले भन्नुभयो– ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ । यसले राम्रो भएको छ ।’
अध्यक्ष नेपालले कोशीको नाम बहुमत सदस्यले पास गरेको कारण जातीय द्वन्द्व रोकिएको धारणा व्यक्त गर्नुभयो। यसले राम्रो सन्देश गएको उहाँको भनाई छ ।
कोशी प्रदेश सचिवालयले पोजेटिभ तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको अध्यक्ष नेपालको धारणा छ । यता प्रदेश एकको नाम कोशी प्रदेश राख्ने भन्ने विषयमा भने नेकपा एकीकृत समाजवादीले विपक्षमा मत हालेका थिए ।
कोशी प्रदेशले पहिचान नसमेट्ने भन्दै नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले भने ‘किराँत, लिम्बुवान, शेर्पालुङ’ प्रदेशको प्रस्ताव गर्नुभएको थियो ।