FLASH NEWS
  • Loading...

बाबु एकीन नभएको जन्मदर्तामा आमाको थर राख्न निर्देशन

  • गोल्डेन खबर
  • १ साल अघि
  • २४८ पटक पढिएको
बाबु एकीन नभएको जन्मदर्तामा आमाको थर राख्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बाबु एकीन नभएको जन्मदर्तामा मावली थरबाटै गर्ने परिपत्र सच्याउँदै आमाको थर राख्न निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसअघि गरेको परिपत्रको व्यहोराको सत्र्रत्र आलोचना भएपछि त्यसलाई सच्याइएको हो । पञ्जीकरण विभागले देशभरका वडा कार्यालयलाई पितृत्वको ठेगान नखुलेका बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राख्न निर्देशन दिएको हो।

यसअघि जारी भएको परिपत्रबाट द्विविधा उत्पन्न भएकाले थप प्रष्ट पारेर अर्को परिपत्र गरिएको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले बताउनुभएको छ । बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्नेमाथि उल्लेखित परिपत्रका सम्बन्ध थप स्पष्ट गरिएको छ,” महानिर्देशक पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ अनुसार एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न निर्देशन दिइएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित