FLASH NEWS
- Loading...
निर्वाचन हुन बाँकी क्याम्पसमा चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठन सहमत
- गोल्डेन खबर
- १ साल अघि
- १०८ पटक पढिएको
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्थगित निर्वाचन चैत ३० गते हुने भएको छ । स्थगित भएका क्याम्पसम चैत ३० गते निर्वाचन गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।
विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको छ । संगठनले विद्यार्थी भर्ना विवादका कारण निर्वाचन रोकिएका क्याम्पसमा छानविनको लागि विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध समेत गरेका छन् ।
निर्वाचन हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने विद्यार्थी संगठनले सहमति गरेका हुन् । विद्यार्थी संगठनले यसबीचमा पनि निर्वाचन विथोलिने र तालाबन्दी जस्ता गतिविधि भए प्रशासनको सहयोगमा चुनावी प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस