FLASH NEWS
  • Loading...

गठबन्धन बैठकमा प्रधानमन्त्रीद्वारा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५३ पटक पढिएको
गठबन्धन बैठकमा प्रधानमन्त्रीद्वारा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मंगलबार साँझ भएको १० दलीय गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभएको छ । प्रधानमन्त्री दाहालले पेश गर्नुभएको मस्यौदामा बुधबार छलफल हुने भएकोे छ आजको बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको छ, भोलि त्यसमा छलफल हुन्छ’ नेता लेखकले भन्नुभयो ।

लेखकका अनुसार प्रधानमन्त्रीले पेश गर्नुभको मस्यौदामा सरकारको प्राथमिकतालाई ९ वटा बुँदामा समेटिएको छ । पहिलो बुँदा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय छ । त्यसमा अन्तर्गत संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने लगायतका विषय समावेश छन् । दोस्रो बुँदामा आर्थिक अवस्थालाई ख्याल गरेर ‘आर्थिक प्याकेज’ ल्याउने उल्लेख छ । त्यसपछिको बुँदामा सुशासन, संक्रमणकालीन न्याय, सन्तुलित परराष्ट्र नीति लगायतका विषय समेटिएका छन् ।

गठबन्धनमा भोलिको छलफलपछि सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइने भएको छ । मंगलबारको बैठक न्यूनतम साझा कार्यक्रममै केन्द्रित रहँदा मन्त्रिमण्डल बिस्तारको विषय भने प्रवेश भएन । न्यूनतम साझा कार्यक्रमबारे छलफल भएपछि मन्त्रिमण्डल विस्तारको विषय प्रवेश लेखकले बताउनु भयो ।। कांग्रेस नेता लेखकले मंगलबारको बैठकमा छलफल नभए पनि १० दलबीच मन्त्रालय भागवण्डामा करिब करिब मिलिसकेको बताउनु भयो । ‘कुरा नमिल्ने केही छैन, उहाँले भन्नुभयो, मन्त्रिमण्डल चाँडै विस्तार हुन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित