- Loading...
फेरि एकैदिन १६ जनामा कोरोना संक्रमण
- गोल्डेन खबर
- १ साल अघि
- २६४ पटक पढिएको
काठमाडौं । मुलुकमा केही सातादेखि बढिरहेको कोरोना भाइरस संक्रमण अझै रोकिएको छैन । आइतबार फेरि १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार ९ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको छ । चैत १० गते १ हजार ५ सय १४ जनामा गरिएको परीक्षणमा २र चैत ११ गते १ हजार २ सय ७२ जनामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको थियो ।
कोरोना बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताउनुभयो । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन समेत भइरहेको छ ।