FLASH NEWS
  • Loading...

पाँच एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०८ पटक पढिएको
पाँच एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति हुनुभएका ५ एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार एक कार्यक्रमकाबीच एआइजी पदमा बढुवा हुनुभएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै सङ्गठन प्रमुख हुने भएकाले आगामी दिन सङ्गठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार हुन निर्देशन दिनुभयो । उहाँले सङ्गठनको उच्च तहमा रहने प्रहरीले चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकाले उक्त चुनौती र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक सिंहले सङ्गठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । बढुवा हुनुभएका एआइजीको तर्फबाट मन्तव्य राख्दै एआइजी बसन्तबहादुर कुँवरले पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी सङ्गठनमा सङ्गठनप्रति व्यावसायिक र निष्ठावान रही जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको बताउनुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित