- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
कर्णालीमा विपद्बाट ४९ को मृत्यु, २५ जना बेपत्ता
- गोल्डेन खबर
- २ साल अघि
- १८८ पटक पढिएको

काठमाडौं । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ जनाको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन्।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा भएको जानकारी दिए।
‘असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दसरदस, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो’, उनले भने, ‘विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ।’
त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुम–पश्चिममा एकरएक गरी २५ व्यक्ति बेपत्ता भएको उनले बताए।
चालु आव ०७९र०८० को साउन, भदौ र असोज महिनामा विपद्बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन। यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन्। त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन्।