FLASH NEWS
  • Loading...

महाभियोग समिति बैठक बस्दै, चोलेन्द्रलाई फेरि प्रश्न सोधिने

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९९ पटक पढिएको
महाभियोग समिति बैठक बस्दै, चोलेन्द्रलाई फेरि प्रश्न सोधिने

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज बस्दैछ। बैठक शुक्रबार बिहान ९ बजे बोलाइएको छ। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक प्रश्न सोध्नका लागि लागि पुनः आज बैठक बोलाएको हो।

यसअघि चोलेन्द्रसँग समितिले ४३ वटा प्रश्न सोधिसकेको छ। यसबीचमा बयानका क्रममा उनले आरोपित गरेका सात जना वकिलसँग समितिले बिहीबार९३० भदौ० बयान लिएको छ। उनले आरोपित गरेका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाएपनि उपस्थित भएनन्।

जबराले बयान दिने क्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुको पनि नाम लिएपछि उनीहरुले आरोपको खण्डन गरेका थिए। पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै चोलेन्द्रले आफूहरुविरुद्ध लगाएका आरोपको खण्डन गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित