FLASH NEWS
- Loading...
काठमाडौं आइपुगे चिनियाँ सभामुख ली, समकक्षी सापकोटासँग भेटवार्ता
- गोल्डेन खबर
- २ साल अघि
- १३६ पटक पढिएको
काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन्। करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।
चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन्।
उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापासहितको टोली विमानस्थलमा पुगिसकेको छ। ली विमानस्थलबाट सिधै होटल सोल्टी जानेछ।
काठमाडौं आइपुगे लगत्तै लीको सभामुख अग्नि सापकोटासँग भेटवार्ता भएको छ । सोमबार बेलुकी साढे ७ बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्।
प्रतिक्रिया दिनुहोस