- Loading...
जङ्गी अड्डामा भारतीय सेना प्रमुखद्वारा सम्मान गारत निरीक्षण, प्रधानसेनापतिसँग भेटवार्ता
- गोल्डेन खबर
- २ साल अघि
- ९९ पटक पढिएको
काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज पाँडेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेना प्रमुख पाँडेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो। त्यस अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए।
त्यसपछि प्रधानसेनापति प्रभुराम शर्मा र पाँडेबीच भेटवार्ता भएको छ। केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन्।