FLASH NEWS
  • Loading...

रञ्‍जन प्रकरणले महाअभियोग हो भने पछुतो मान्दिनँ : चोलेन्द्र

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९८ पटक पढिएको
रञ्‍जन प्रकरणले महाअभियोग हो भने पछुतो मान्दिनँ : चोलेन्द्र

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पत्नी हत्याका आरोपित पूर्व डीआईजी रञ्जन कोइरालालाई कैद छुट दिने फैसला गरेकै कारण आफूलाई महाअभियोग लागेको भए पछुतो नमान्ने बताएका छन्।

आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै यो मुद्दामा कानुनले दिएको विवेक प्रयोग गरेर फैसला गरेको बताउँदै उनले त्यहीकारण महाअभियोग लगाएर घर पठाइन्छ भने पछुतो नमान्ने बताएका हुन्।

सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाबारेको मुद्दामा भ्रम सिर्जना गरिएको पनि उनले जिकिर गरे। यसको फैसलालाई लिएर दुःख लागेको बताउँदै उनले हरेक मुद्दालाई फरक फरक ढंगले हेर्नुपर्ने बताए।

यो मुद्दामा को संलग्न छ, को संलग्न छैन, कस्ता अधिकारी संलग्न छन्, कस्ता अधिकारी संलग्न छैनन् भनेर नहेरी दुई नाबालक छोराको भविष्यका लागि कानुनले दिएको अधिकार प्रयोग गरेर कैद छुट गरेको उनले बताए।

‘हामीले हेर्ने भनेको कर्तव्य ज्यान मुद्दा मात्रै हो। यसमा रञ्जन कोइराला वा अन्य कोही भन्ने हिसाबले हामी मुद्दामा कहिले पनि हेर्दैनौँ, उनले भने, त्यसरी गर्ने हो भने न्यायाधीशको जुन निष्पक्षता हुन्छ, जुन स्वतन्त्र रुपमा फैसला गर्नुपर्ने हुन्छ, त्यसमा आँच आउँछ। मुद्दाका पक्ष र विपक्षलाई हेरेर होइन मुद्दाको तथ्यलाई हेरेर हामीले फैसला गर्छौं।’

यो मुद्दा उल्टी गरेर रञ्जन कोइरालालाई कम सजाय गरियो भन्ने भ्रम सिर्जना गरेको भन्दै सतप्रतिशत गलत भएको दाबी गरे।

‘माननीय अध्यक्ष र सदस्यज्यूहरुले यो मुद्दाको मिसिल नै मगाएर हेर्दा पनि हुन्छ। रञ्जन कोइरालाले कर्तव्य ज्यान मुद्दामा कसुर गरेको हो भन्ने कुरा जुन जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले फैसला गरेको छु, उनले भने, ुत्यसैलाई यसमा सदर गरेको हो। ऊ कर्तव्य ज्यानको कसुरदार कायम भएको छ। त्यसैमा जन्मकैद सजाय भएको हो। जसमा २० वर्षको कैद हुने व्यवस्था छ। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार मुलुकी ऐनको १२८ को व्यवस्था हो। त्यही व्यवस्था प्रयोग गरिएको हो।’

कसुर पारिवारिक भएको बताउँदै उनले उनीहरुका नाबालक दुईवटा छोराहरुलाई पनि हेरेर फैसला गरिएको उनले बताए।

‘उनीहरुले मार्मिक तरिकाले बकपत्र गरेका थिए। जुन कुरा मिसिलमा राखिएको छ। त्यो आधारबाट मिसिलबाट महसुस गरियो र उसको सजाय घटाइएको हो। उ साढे ८ वर्ष कैदमा बसिसकेको थियो’, राणाले भने।

यस्तो निर्णय सबै इजलासबाट भए गरेकै पनि राणाको दाबी छ।

‘बालबच्चाको हिसाव र पारिवारिक अवस्थालाई हेरेर राय लगाउने गरेकै छौँ। यसमा जसरी प्रश्न उठाइयो मलाई दुःख लागेको छ। यो नगरेको भए हुने रहेछ भन्ने मैले अहिले फिल गरेको छु’, राणाले भने।

अहिले आफूलाई पनि यसबारे दुःख लागेको उनले बताए।

‘मलाई पनि दुख लागेको छ यसबाट। यो गल्ती भाछ र यहीबाट मलाई महाअभियोग लागेको छ भने म हार्दिकतापूर्वक जनतासामु र यो समितिसामु अनुरोध गर्छु, कानुनले दिएकै अधिकार प्रयोग गरेको हो। विवेकमा प्रश्न उठाउन पाइँदैन। तर यसमा गम्भीर गल्ती भएकै हो भन्ने लाग्दछ भने क्षमा चाहन्छु,’ बयानकै क्रममा उनले पश्चाताप गर्दै भने।

यसमा कुनै अनियमितता र कुनै भ्रष्टचार नगरेको उनले दाबी गरे। दुई छोराहरुका लागि भरणपोषण गर्नुपर्ने जिम्मेवारी आमाको अभावमा बाबुको भएको र घटना पनि पारिवारिक भएकाले कैद छुट गरेको उनले बताए।

‘यदि यसैबाट म अवकास हुनुपर्छ महाअभियोग लाग्छ भने हार्दिकतापुर्वक क्षमा चाहन्छुु, उनले भने, यही आधारबाट मलाई महाअभियोग लाग्छ भने कुनै किसिमको आपत्ति, गिल्टी फिल म गर्दिनँ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित