FLASH NEWS
  • Loading...

चोलेन्द्रको आज पनि बयान

  • गोल्डेन खबर
  • २ साल अघि
  • १०३ पटक पढिएको
चोलेन्द्रको आज पनि बयान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान दिँदैछ।

जबरालाई महाअभियोगसम्बन्धी ४३ प्रश्नमध्ये बिहीबार ४ प्रश्न सोधिएको थियो। जबराले संसदीय समितिमा ४ घन्टामा ४ वटा प्रश्नको मात्र जवाफ दिएर फर्किएका थिए।

बयानका क्रममा उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन्।

महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित