FLASH NEWS
  • Loading...

चोलेन्द्र महाभियोग समितिको बैठकमा जाँदै, बयान लिने तयारी

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२६ पटक पढिएको
चोलेन्द्र महाभियोग समितिको बैठकमा जाँदै, बयान लिने तयारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा जबरालाई बोलाइएको छ।

महाभियोग सिफारिस समितिले जबरासँग बुधबार बयान लिने तयारी रहेको छ। समिति गठन भएको करिव ६ महिनापछि गत १ भदौमा समितिको पहिलो बैठक बसेको थियो। प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो । बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो।

महाअभियोग सिफारिस समिति ११ सदस्यीय रहेको छ। एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादीबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित