FLASH NEWS
  • Loading...

समाजवादी चिन्तक कांग्रेस नेता गिरीको निधन

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९७ पटक पढिएको
समाजवादी चिन्तक कांग्रेस नेता गिरीको निधन


काठमाडौं । समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको शनिबार राति निधन भएको हो । ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचाररत गरिरिको शनिबार राति ९, ३६ मा निधन भएको हो।

उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लाग्नुभएको थियो । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् ।

उनी २०२४ सालमा नेपाल छात्र सङ्घ ९बनारस०को निर्वाचित उपाध्यक्ष थिए ।

२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं। ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद‍्मा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने नेता थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित