- Loading...
महाधिवेशन सकिएको ८ महिना बित्यो टुंगिएन माओवादी पदाधिकारी, बैठक आज पनि बस्दै
- गोल्डेन खबर
- २ साल अघि
- ८६ पटक पढिएको
काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन सकिएको ८ महिना बित्दा पनि केन्द्रीय पदाधिकारी टुंग्याउन सकेको छैन । माओवादी केन्द्रको आठौं महाधिवेशन गएको पुसमा काठमाडौंमा भएको थियो । महासचिवमा आकांक्षी बढी भएपछि महाधिवेशन अध्यक्ष बाहेक अन्य पद छिनोफानो नगरी सकिएको थियो । महासचिव लगायतका केन्द्रीय पदाधिकारी छान्न माओवादीको स्थायी कमटी बैठक पटक पटक बस्दै आएको छ । तर पदाधिकारी टुंग्याउन भने सकेको छैन ।
माओवादी स्थायी स्थायी कमिटी बैठक आज पनि बस्दै छ। पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको महराको भनाई छ।
गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो।
शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो। तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो।
टुंगिएन माओवादी पदाधिकारी
माओवादीमा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ। पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन्।
आकांक्षी व्यवस्थापन गर्न नसक्दा सकसमा परेका प्रचण्डले पार्टीमा पछिल्लो समय पदको लोभ बढ्दै गएको टिप्पणी गरेका थिए।
प्रवक्ता महराले पहिल जस्तो केही बाँकी नभएको र पदाधिकारीको विषयमा गम्भीर र विस्तृत छलफल भएको दाबी गरेका छन्।