FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
माछा मार्न लाग्दा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
- गोल्डेन खबर
- २ साल अघि
- १८६ पटक पढिएको

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ । करेन्ट लागेर आमा घाइते भएकी छन् । नगरपालिकाको वडा नम्बर २ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको हो । ,
करेन्ट लागेर पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो मृत्यु भएको प्रहरीले जनाएो छ। प्रहरीका अनुसार करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छन् ।
विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार उनीहरुलाई करेन्ट लागेको थियो । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको त्यही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस