FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीकै अगाडि नारा लाग्यो- एमसीसीको मतियार मुर्दावाद

  • गोल्डेन खबर
  • २ साल अघि
  • १४७ पटक पढिएको
प्रधानमन्त्रीकै अगाडि नारा लाग्यो- एमसीसीको मतियार मुर्दावाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रममा गर्न लाग्दा उहाँको सामुन्नेमै ‘एमसीसीको मतियार मुर्दावाद, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने नाराबाजी भएको छ ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा केही युवा एमसीसी र नागरिकता विधेयकलाई लिएर उहाँ विरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले प्लेकार्डसहित ‘नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौ’ जस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन नै अवरुद्ध पार्दै नाराबाजी गर्ने ती युवालाई सुरक्षाकर्मीले तत्कालै कार्यक्रम स्थलबाट बाहिर निकालेका छन् । विवादित एमसीसी र नागरिकता विधेयकलाई लिएर प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रममै विरोध सहनु परेको हो।

विवादित नागरिकता विधेयक प्रतिनिधिसभाबाट शुक्रबार बहुमतले पारित भएको थियो । विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो।

सोमबार राष्ट्रियसभामा नागरिकता विधेयक विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा समृति प्रतिष्ठानले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुग्नु भएको थियो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि प्रधानमन्त्रीलाई उद्घोषकले मञ्चमा बोलाए।

प्रधानमन्त्री देउवा कोट मिलाउँदै मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट युवाले नागरिकता विधेयक खारेज गर, खारेज गरु भन्दै प्लेकार्डसहित नाराबाजी गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित