- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
एमाले फुटाउन गठबन्धन बनाए : ओली
- गोल्डेन खबर
- २ साल अघि
- १७३ पटक पढिएको

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गर्नुभएको छ ।
ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उहाँले मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकिर गर्नुभयो
मजदुर वर्गपक्षीय शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको भनाई छ। ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नुभयो । मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्याउनु भयो।
‘मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, ती हितहरुको संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दैछन्, उहाँले भन्नुभयो, आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्यो । यो गठबन्धन के हो? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो।’
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको बताउनु भयो ।