FLASH NEWS
  • Loading...

अब गठबन्धनको डम्फु बज्दैन : अध्यक्ष नेपाल

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९३ पटक पढिएको
अब गठबन्धनको डम्फु बज्दैन : अध्यक्ष नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल कमजोर नभएको दाबी गर्नुभएको छ ।

नेपाल तामाङ संघ (समाजवादी)ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट उल्लेख्य सहयोग नपाएको भएपनि कमजोर भने नभएको दाबी गर्नुभएको हो ।

‘चिन्ता लिनुपर्ने कुरा के छैन भने, हामीले उठाएको उम्मेदवार २८ प्रतिशत हामीले उम्मेदवार मात्र खडा गर्यौं तर हामीले भोट ९ लाख २७ हजार भोट ल्यायौं’ उहाँले भन्नुभयो- सबै ठाउँमा उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पायौं। २० देखि २५ सिट त समानुपातिकमा पनि कतै जाने अवस्था छैन। अरु पार्टीभन्दा हाम्रो पार्टीको हैसियत कमजोर हुने होइन नि । नारायणमान बिजुक्छेको कम्युनिस्ट पार्टी नै हो त्यो भन्दा ठूलै बनौंला, मोहनविक्रम सिंह, मोहन वैध, ऋषि कट्टेल लगायतको पार्टी भन्दा ठूलै बनौँला ।’

अध्यक्ष नेपालले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको डम्फु धेरै बजाउँदा समस्या भएको बताउनुभयो ।

‘स्थानीय चुनावमा गठबन्धनको गीत गाएर कति डम्फु बजाइयो थाहा छैन’ उहाँले भन्नुभयो- अब गठबन्धनको डम्फु बजाउने होइन। यो पार्टीलाई कसरी बलियो बनाउने भनेर डम्फु बजाउने हो।’

अध्यक्ष नेपालले गठबन्धनलाई दिमागमा राख्दा मिहिनेत कम गरेको उल्लेख गर्नुभयो । ‘हाम्रो दिमागमा गठबन्धन भएपछि जितिन्छ भनेर मिहिनेत कम गर्यौं। संगठन विस्तार गर्ने कुरामा कम ध्यान दियौँ’ उहाँले भन्नुभयो- गठबन्धन दलबाट जति महत्व पाउनुपर्ने थियो त्यो पाएनौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित