- Loading...
मेरो पहलमा नागरिकता विधेयक पारित भयो : प्रचण्ड
- गोल्डेन खबर
- २ साल अघि
- ९० पटक पढिएको
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशमा भएको नागरिकतासम्बन्धी समस्या माओवादी केन्द्रले समाधान गरेको दाबी गर्नुभएको छ ।
सर्लाहीको बागमती नगरपालिका–८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो दाबी गर्नुभएको हो । शुक्रबार प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको थियो। लगत्तै शनिबार मधेश प्रदेश पुगेका प्रचण्डले नागरिकता विधेयकको बारेमा चर्चा गर्नुभएको हो ।
उहाँले जनकपुर विमानस्थलमा संचारकर्मीसँगको साक्षात्कारमा पनि नागरिकता विधेयकको सफलताबारे शुरुमा चर्चा गर्नुभयो ।
‘झण्डै ६र७ लाख युवाहरु नागरिकता विहिन भएको अवस्था थियो। मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिला के भनेको थिएँ’ उहाँले भन्नुभयो ‘तराई मधेशको नागरिकता समस्या हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ । ‘मैले यहाँका सम्पूर्ण जनता र लाखौं युवाहरु। जो नागरिकता विहिन अवस्थामा थिए, उनीहरुलाई हामीले हिजोबाट नागरिकताको समस्या समाधान गर्यौं। यो सबैको लागि खुशीको कुरा हो। माओवादी केन्द्रले गरेको प्रतिवद्धता हिजोबाट पूरा गरेको छ।’