FLASH NEWS
  • Loading...

मोदीलाई भेट्न पाएको भए फोटो खिच्न हुन्थ्यो तर टेन्सन छैन : प्रचण्ड

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९२ पटक पढिएको
मोदीलाई भेट्न पाएको भए फोटो खिच्न हुन्थ्यो तर टेन्सन छैन : प्रचण्ड


काठमाडौं । पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट कार्यक्रम अकस्मात् रद्द हुँदा आश्चर्य व्यक्त गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने उदेश्यसहित उत्साहित हुँदै ३ दिने भ्रमणको लागि दिल्ली जानुभएका अध्यक्ष दाहाल अन्तिममा भेट रद्द भएपछि चकित हुनुभएको हो ।

अध्यक्ष दाहाललाई मोदीको सचिवालयले भेटघाटको लागि बोलाएर होटलबाट निस्किसकेपछि रद्द भएको जानकारी दिएको थियो । मोदीको सचिवालयले भेटवार्ताको लागि बोलाएर बाटोबाटै फर्काएपछि अध्यक्ष दाहाल खिन्न हुन्नु भएको स्रोतले बताएको छ । यद्यपि अध्यक्ष दाहालले भने नेपाल फर्किएपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता अन्तिममा रद्द भए पनि आफू तनावमा नरहेको बताउनु भयो ।

‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं, उहाँले भन्नुभयो, होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो ।’

अध्यक्ष दाहालले मोदीसँगको भेटघाट किन रद्द भयो ? भन्नेबारे आफूलाई कुनै जानकारी समेत नभएको बताउनु भयो ।
भेटवार्ता हुने नै भन्ने थियो तर अन्तिममा आएर किन रद्द भयो ? मलाई केही जानकारी नै छैन, जसरी यहाँहरुले अहिले भेटघाट किन रद्द भयो भनेर सोध्नु भयो, यसबारे म पनि यहाँहरु जस्तै हो , किन रद्द भयो मलाई केही थाहा भएन, उहाँले भन्नुभयो ।
‘प्रेसिडेन्टले भेटिसकेपछि यही नै क्लाइमेक्स हो भन्ठानेर हो कि भन्ने अधिकारीहरुले चर्चा गरे । अर्को हिजो मात्रै बाढीले पूरै भारतमा ठुले जनधनको क्षति र डुबान भएको छ । हिजो मोदी उता जानुभएको थियो । एकदम रस आवर भएर हो कि भनेर उहाँहरुले भन्नुभयो । तर के कारणले हो भन्ने मैले पनि थाहा पाएको छैन, ‘तर मलाई टेन्सन छैन । विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित