FLASH NEWS
  • Loading...

आज उपसभामुखको निर्वाचन, भुसाल र भट्टराईबीच प्रतिस्पर्धा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८३ पटक पढिएको
आज उपसभामुखको निर्वाचन, भुसाल र भट्टराईबीच प्रतिस्पर्धा


काठमाडौं । आज प्रतिनिधिसभा उपसभामुखको निर्वाचन हुँदैछ । ३ वर्षदेखि रिक्त उपसभामुखको लागि दिउँसो ३ बजे मतदान निर्धारणा गरिएको संसद सचिवालयले जनाएको छ ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।उपसभामुखको लागि बिहीबार नै उम्मेदवारी दर्ता गरी अन्तिम नामावली प्रकाशित भइसकेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुनेछ ।

भुसाल ५ दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार । प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् । सत्ता गठबन्धनका सांसदहरुले मतदानमा फ्लोरक्रम गरेनन भने उपसभामुखमा कांग्रेस उम्मेदवार भुसाल निर्वाचित हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित