- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
चिनियाँ टोलीले भने- विचार मिल्ने कम्युनिष्ट पार्टी मिल्नूस्
- गोल्डेन खबर
- २ साल अघि
- २१० पटक पढिएको

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) टोलीले नेपालका विचार मिल्ने कम्युनिष्ट पार्टीलाई एक हुन् सुझाव दिएको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओसहितको टोलीले नेकपा एमालेबाट विभाजित भएर स्थापना भएको नेकपा एकीकृत समाजवादी नेतृत्वलाई त्यस्तो सुझाव दिएको हो ।
विदेश विभाग प्रमुख जियान्चाओसहितको टोलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई मंगलबार भएको भेटवार्तामा विचार मिल्ने पार्टीसँग मिल्दा राम्रो हुने सुझाव दिएको हो । जियान्चाओ टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेताद्वय नेपाल र खनाललाई ुएकतामा बल हुनेु भन्दै मिल्न सुझाव दिएको हो ।
चिनियाँ टोलीले एमाले अध्यक्ष ओलीसँग बालकोटमा बिहान साढे ४ घण्टा संवादपछि एकीकृत समाजवादीका नेताहरुसँग दिउँसो ४ बजे नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा वार्ता गरेको हो । चिनियाँ टोलीले यसअघि सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटवार्ता गरेको थियो । चिनियाँ टोलीले माओवादी र एमाले नेतृत्वसँगको भेटवार्तापछि एकीकृत समाजवादी नेतृत्वसँग छलफल गरेको हो ।
अजष्लब(भिबमभच(mभभत(mबमजबख(लभउब(िज्ञ।वउनगलमभाष्लभम
चिनियाँ टोलीसँगको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष जयन्ती राई तथा उपमहासचिवहरु डा गंगा तुलाधर, जगन्नाथ खतिवडा र प्रकाश ज्वाला लगायत सहभागी हुनुहुन्थो । चिनियाँ टोलीले भेटवार्तामा दुई कम्युनिष्ट पार्टी एमाले र एकीकृत समाजवादीबीच सम्बन्ध बढाउन सुझाव दिएको उपाध्यक्ष राईले जानकारी दिनुभएको छ।
भेटवार्तामा उहाँहरुले ुहामी तपाईंहरुको राष्ट्रिय स्वाभिमानको लडाइँको कदर गर्छौँ, यो लडाइँ अझै बलियो बनाउन तपाईंहरु मिलेर जाँदा राम्रो हुन्छु भन्ने धारणा व्यक्त गर्नुभएको छ( नेतृ राईले सीपीसीका विदेशविभाग प्रमुख जियान्चाओको भनाई उदृत गर्दै भन्नुभयो( आमरुपमा विचारधारा मिल्ने मान्छे एक ठाउँमा आउनु राम्रो कुरा हो। चीन एकतामा विश्वास गर्छ। एकतामा बल हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसकै आधारमा चीन अघि बढेको छ । हाम्रै राष्ट्रपति सी चिनफिङले पनि एकतामा बल हुन्छ भनिरहनु भएको छ। उहाँकै भनाइअनुसार त्यहीकारण पनि हामी एक छौँ। चीन अहिले एक र बलियो छ।े
समाजवादीका उपमहासचिव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि चिनियाँ टोलीले भेटवार्ता मिल्न सुझाव दिएको बताउनु भएको छ । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार भेटवार्तामा लिउले पहिला आफ्ना कुरा राख्नु भएको थियो ।
लिउले आधा घण्टा जति चीनको विकास र कम्युनिष्ट आन्दोलन तथा एकताबारे भनाइ राखेपछि नेपालको प्रसंग जोड्दै यहाँका वाम पार्टीहरू मिलेर गएको राम्रो हुने सन्देश दिनु भएको हो । भेटवार्तामा लिउले आफ्नो यो भ्रमणबाट दुई देशको सम्बन्ध सुधार हुने विश्वास गर्दै नेपालको विकास लागि चीन साझेदार भएको बताउनु भयो।
अजष्लब(भिबमभच(mभभत(mबमजबख(लभउब(िद्द।वउनगलमभाष्लभम
ुचीनले निरन्तर सहयोग गर्दै आएको छ। नेपाली जनताको एकता र नेपाली राष्ट्रिय एकताले नै देशको विकास सम्भव छु लिउको भनाइ उद्धृत गर्दै खतिवडाले भन्नुभयो ( हाम्रो विकास, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने तयारीका सुनाउन चाहन्छौँ। तपाईँहरुका पनि कुरा सुन्न चाहन्छौँ। देश विकासको आधार नै एकता कुरा हो । तपाईंहरुले एकतालाई आफ्नो बलका रुपमा लिनु उचित हुन्छ । विचार मिल्नेहरू एकै ठाउँमा आउँदा बल पनि बढ्छ। समग्रतमा मिलेकै राम्रो हुन्छ तर हामी हस्तक्षेप गर्दैनौँ।ु
प्रचार विभाग प्रमुख खतिवडाका अनुसार भेटवार्तामा अध्यक्ष नेपालले आफूहरुले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै, त्यसलाई स्वीकार गरेर एक चीन नीतिप्रति प्रतिवद्धता जनाउनु भएको छ । ुहामी एक चीन नीतिको पक्षमा छौँ। हामी चिनियाँ चरित्रको समाजवादको पक्षमा छौँ। हामी नेपालबाट चीनविरोधी कुनै पनि गतिविधि हुन दिँदैनौु उहाँले भन्नुभयो( हामी यहाँका सबै दलहरुसँग सहकार्य गर्न तयार छौँ। राष्ट्रियताको सवालमा सबै दलका एजेन्डा एकै छन्। तिनमा हामी सहकार्य गर्छौँ।