- Loading...
चीनले नेपालमा हस्तक्षेप गर्दैन र अरुलाई पनि गर्न दिन्न : जियान्चाओ
- गोल्डेन खबर
- २ साल अघि
- १०२ पटक पढिएको
काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप रोक्न सहयोग गर्ने भएको छ । २ दिनदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) प्रतिनिधिले दलका नेताहरुसँगको भेटमा त्यस्तो प्रतिकिया दिएका छन् । नेपालको राजनीतिमा पछिल्लो समय अमेरिकाको हस्तक्षेप बढिरहेको बेला सीसीपीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेताहरुसँग नेपालबारे चीनको धारणा व्यक्त गर्नु भएको हो ।
सीसीपीका विदेश विभाग प्रमुख लिउ सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटमा चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको धारणा राख्नु भएको हो । माओवादी अध्यक्ष दाहालसँग सीसीपीका विदेश विभाग प्रमुख लिउले नेपाल चीन सम्बन्ध र समसामयिक अवथाबारे सोमबार साँझ २ घण्टा छलफल गर्नुभएको थियो ।
छलफलमा लिउले नेपालप्रति चीनको दृष्टिकोण प्रष्ट पार्नुभएको
भेटघाटमा सहभागी माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिनुभएको छ ।
लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले माओवादी अध्यक्ष दाहाल निवास खुमलटार पुगेर बेलुकी ४ बजेदेखि ६ बजेसम्म छलफल गरेको हो
‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन,’ लिउ टोली र दाहालबीच भएको छलफल उद्धृत गर्दै पुनले भन्नुभयो, ‘अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ।’
दाहालले छलपललमा नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएको पुनले बताउनुभयो ।
चिनियाँ टोलीले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।