FLASH NEWS
  • Loading...

पार्टी जोगाउन नसकेकोमा गल्ती स्वीकार्छु : ओली

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९५ पटक पढिएको
पार्टी जोगाउन नसकेकोमा गल्ती स्वीकार्छु : ओली


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी जोगाउन नसकेकोमा आफ्नो पनि गल्ती भएको स्वीकार गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा नेकपा एकता जोगाउन नसक्नु र त्यसपछि एमाले फुट्नुमा आफू पनि दोषी रहेको बताउनु भएको हो ।

मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रुपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिविहीन मानवका रुपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रुपमा चिनिनु भएका ओलीले भन्नुभयो, ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’

ओलीले राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको समेत बताउनु भयो ।

‘दलहरुप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरुले सर्वाधिक गरेका छन्, यत्रतत्र भ्रष्ट्राचार छ, महँगी बढेको छ, उहाँले भन्नुभयो, जनताको ढाड सेक्ने काम भएको छ, अनाडीहरुले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्को देशघाती काम गरेका कारण दलहरुप्रति वितृष्ण बढ्ने नै भयो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित