FLASH NEWS
  • Loading...

गठबन्धनबारे छलफल गर्न आज कांग्रेस बैठक बस्दै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९६ पटक पढिएको
गठबन्धनबारे छलफल गर्न आज कांग्रेस बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं । राजनीतिमा आउँदो संघ र प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन टिक्छ कि टुट्छ रु भन्ने सर्वत्र चासोको विषय बनेको छ । सत्तापक्षका शीर्ष नेताहरुले गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गर्दै आएका छन् ।

यद्यपि सत्तारुढ दलकै तल्लो तप्काका नेता तथा कार्यकर्ताले भने स्थानीय तह निर्वाचनलाई आधार बनाएर गठबन्धनबाट खास्सै उपलब्धि नभएको टिकाटिप्पणी गरिरहेका छन् ।

शीर्ष नेतृत्वले ुगठबन्धन आउँदो चुनासम्म टिकाउनु पर्नेु र कार्यकर्ता पंक्तिबाट ुफरक सिद्धान्तका दलहरु अब सँगै यात्रा गरिरहनु आवश्यक छैन, गठबन्धन टुटाएर आ(आफ्नै बाटो लाग्नुपर्छु भनिरहेकै बेला सत्ता पक्षको निर्णय दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने आजको बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनबाट भएको उपलब्धिबारे गहन छलफल हुने कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनु भएको छ ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको यसअघि बसेको छुट्टाछुट्दै बैठकले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनको सहमति र शर्त अनुसार इमान्दारिता नदेखाएको ठहर गरेको छ । यस्तै बेला कांग्रेसले पनि स्थानीय तह निर्वाचनको समीक्षा र आगामी संघ तथा प्रदेशसभा निर्वाचनबारे रणनीति बनाउन केन्द्रीय समिति बैठक बोलाएको हो ।

कांग्रेस प्रवक्ता महतले बैठकमा आगामी संघ र प्रदेशसभा निर्वाचनको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । उनको भनाइ छ । ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं’ बैठकबारे संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ।

कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित