FLASH NEWS
  • Loading...

आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपिँदै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९३ पटक पढिएको
आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपिँदै

काठमाडौं । आज हरिशयनी एकादशी । घरघरमा मठमा तुलसीको बिरुवा रोपिँदैछ । आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर चार महीनासम्म गरिने विशेष पूजा आजबाट शुरु गरिँदैछ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकोले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भन्ने गरिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित