FLASH NEWS
  • Loading...

गिरिजाप्रसाद कोइरालालाई मैले प्रधानमन्त्री बनाएको हुँ : नेपाल

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९५ पटक पढिएको
गिरिजाप्रसाद कोइरालालाई मैले प्रधानमन्त्री बनाएको हुँ : नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०६२, ०६३ को जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले शनिबार बुटवलमा संचारकर्मीसँगको अन्तरक्रियामा जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको र माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि कोइरालाकै प्रस्तावमा आफू प्रधानमन्त्री बनेको स्मरण गराउनु भयो ।

‘जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो’ उहाँले भन्नुभयो,- तर मैले ०६३ सालमा गिरिजाबाबुलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेँ । मैले लगाएको गुण उहाँले बिर्सिनु भएन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ०६६ सालमा मलाई उहाँले प्रधानमन्त्री बनाउनुभएकै हो ।’

अध्यक्ष नेपालले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने समेत बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित