- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
आबेको निधनप्रति राष्ट्रिय शोक मनाउने निर्णय
- गोल्डेन खबर
- २ साल अघि
- १६५ पटक पढिएको

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनप्रति नेपालमा पनि शनिबार राष्ट्रिय शोक मनाइने भएको छ । सरकारले जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति शोक मनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले पूर्व प्रधानमन्त्री आबेको निधनप्रति राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान गोली हानी हत्या भएको हो । आबेको हत्याप्रति सरकारले घोर निन्दा गरेको छ ।
‘मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछु मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ( उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।ू
पूर्व प्रधानमन्त्री आबेको आइतबार हुने माथिल्लो सदनको चुनावी कार्यक्रममा भाषण गरिरहेका गोली हानी हत्या गरिएको हो । पूर्व प्रधानमन्त्री आबेको हत्यारालाई जापान प्रशासनले पक्राउ गरिसकेको छ ।