FLASH NEWS
  • Loading...

राष्ट्रपति भण्डारीद्वारा २ विधेयक प्रमाणीकरण

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९६ पटक पढिएको
राष्ट्रपति भण्डारीद्वारा २ विधेयक प्रमाणीकरण


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार २ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई स‌शोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको हो ।

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि आएका विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित