FLASH NEWS
  • Loading...

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा बस्नेतको मृत्यु

  • गोल्डेन खबर
  • २ साल अघि
  • १०२ पटक पढिएको
मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा बस्नेतको मृत्यु

काठमाडौं । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका–५ पिखेलमा बिहीबार राति डेकोचाबाट चाँगुतर्फ जाँदै गरेको बा ५ख ५४२३ नँबर को मिनी ट्रकले बा ६७ प ८४२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घनामा भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित