FLASH NEWS
  • Loading...

श्रममन्त्री कुँवर र युएइका राजदूतबीच भेटवार्ता, नेपाली श्रमिकबारे छलफल

  • गोल्डेन खबर
  • २ साल अघि
  • १७२ पटक पढिएको
श्रममन्त्री कुँवर र युएइका राजदूतबीच भेटवार्ता, नेपाली श्रमिकबारे छलफल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुग्नु भएको हो ।

उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजवुद्ध बनाउनेबारे छलफल भएको छ । युइएमा कार्यरत नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा छलफल भएको छयो । राजदूत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराउनु भएको थियो । साथै उहाँले संयुक्त अरब इमिरेटसका ठूला लगानीकर्तालाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गर्नुभएको छ ।

भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी गराउनु भएको छ । युएइका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताउनु भयो ।

युएईका राजदुत नक्विनले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित