FLASH NEWS
  • Loading...

काठमाडौंको मूलपानीमा हैजा भेटियो

  • गोल्डेन खबर
  • २ साल अघि
  • १३५ पटक पढिएको
काठमाडौंको मूलपानीमा हैजा भेटियो

काठमाडौं । काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा पनि हैजा देखिएको छ । नगरपालिकाको वडा नम्बर ६, मूलपानीमा २ बालबालिकामा हैजा भेटिएको हो ।

वडा नम्बर मा ४ र ६ वर्षका बालकमा हैजा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । दुवै बालकमा सोमबार हैजा पुष्टि भएको हो। महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हैजा पुष्टि भएका दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

योसँगै काठमाडौं उपत्यकामा हैजाका बिरामी १९ पुगेको छ । काठमाडौं उपत्यकामा हैजा फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी उमालेर वा क्लोरिन झोल हालेर मात्र पिउन आव्हान गरेको छ । खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान सचेत गराएको छ । मन्त्रालयले झाडापखाला लाग्दा झोलिलो खानेकुरा खान अपील गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित