FLASH NEWS
  • Loading...

चट्याङ लागेर २ बालकको मृत्यु , ९ जना घाइते

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९८ पटक पढिएको
चट्याङ लागेर २ बालकको मृत्यु , ९ जना घाइते


काठमाडौं। प्युठानमा चट्याङ लागेर २ बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिकाको वडा नम्बर ६ बिजुलीकोटमा चट्याङ लागेर २ बालकले जीवन गुमाएका हुन् । चट्याङबाट ९ जना घाइते भएका छन् ।

चट्याङ लागेर ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभएको छ। प्रहरी नायव उपरीक्षक थापाका अनुसार उनीहरुलाई सोमबार राति चट्याङ लागेको हो । उनीहरु जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ऐरावतीको वडा नम्बर (६ का ५ जना र वडा नम्बर १ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित