FLASH NEWS
  • Loading...

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९९ पटक पढिएको
रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं। रामेछापमा बस दुर्घटना भएको छ । रामेछापको हिवान बेथानबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ९ जनाको मृत्यु पुष्टि भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पहाडीका अनुसार मृतक मध्ये ४ महिला र ५ जना पुरुष छन् ।

दुर्घटना स्थलमा उद्धारको लागि सुरक्षाकर्मी टोली परिचालन गरिएको छ । गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ । केही घाइतेको अवस्थामा गम्भीर रहेकोले मृतक संख्या बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी पहाडीको भनाई छ ।

सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले शव व्यवस्थापन र घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको घटनास्थलबाट जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित