FLASH NEWS
  • Loading...

सुकुटेमा रिसोर्टमा युवती बलात्कृत, ३ जना पक्राउ

  • गोल्डेन खबर
  • २ साल अघि
  • १०२ पटक पढिएको
सुकुटेमा रिसोर्टमा युवती बलात्कृत, ३ जना पक्राउ

रिसोर्टमा युवती बलात्कृत, ३ जना पक्राउ
काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा रिसोर्टमा युवती बलात्कृत भएकी छन् । सुकुटे घुम्न गएकी २६ वर्षीया युवती रिसोर्टको टेण्टभित्रै बलात्कृत भएकी हुन् ।

युवती बलात्कार आरोपमा प्रहरीले ३ जना युवालाई पक्राउ गरेको छ । बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान थालिएकोसिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका(९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी ती २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् । रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ ।

प्रहरीका अनुसार बलात्कारपछि फरार युवालाई असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित