- Loading...
बागमतीको मुख्यमन्त्री नछोड्ने एकीकृत समाजवादीको निर्णय
- गोल्डेन खबर
- २ साल अघि
- ९७ पटक पढिएको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले एकीकृत समाजवादीले बागमती प्रदेश सरकारको नेतृत्व नछोड्ने भएको छ । समाजवादीको सोमबार बसेको सचिवालय बैठकले बागमती प्रदेशको मुख्यमन्त्री नछोड्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर गर्नुपर्ने विषयमा छलफल भएको महासचिव डा वेदुराम महासचिव भुसालले बताउनु भयो ।
आफ्ना पार्टीका स्थानीय तह जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । एकीकृत समाजवादीले जनप्रतिनिधिलाई साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिन लागेको हो ।
जनप्रतिनिधिलाई शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शिता लगायत विषयमा प्रशिक्षण दिने निर्णय भएको महासचिव भुसालले जानकारी दिनुभएको छ ।
महासचिव भुसालका अनुसार समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएपछि देशभर नेतृत्व विकास तथा संगठन सुदृढीकरण अभियान संचालन गर्नेछ ।
एकीकृत समाजवादीको सचिवालयमा केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल भएको छ ।
सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र ५ दलीय गठबन्धनमा भएका कमीकमजोरीबारे समेत प्रष्ट हुनुपर्ने ठहर गरेको छ।