- Loading...
खुमलटारमा ५ नेताको भेटवार्ता, होला त वाम एकता ?
- गोल्डेन खबर
- २ साल अघि
- ९५ पटक पढिएको
काठमाडौं । केपी ओली सरकारको पालामा भएको प्रतिनिधिसभा विघटनसँगै छिन्नभिन्न भएका कम्युनिष्ट पार्टीलाई फेरि एक बनाउने गृहकार्य भइरहेको छ ।
तत्कालीन प्रधनमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक किचलोको कारण २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित भएको हो । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपा समूहमा विभाजित भएर विघटनको पक्ष र विपक्षमा आन्दोलन गरिरहेकै बेला २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले, माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्कन आदेश दिएपछि नेकपा ४ टुक्रा बन्न पुगेको हो । पुस ५ को घटनापछि ओली समूह विघटनलाई सार्थक प्रमाणित गर्नेतिर सक्रिय भयो । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु विघटनलाई गलत सावित गर्न आन्दोलनमै उत्रिनु भयो । नेकपा बनाउन निर्णय भूमिका निर्वाह गर्नुभएको वामदेव गौतम भने तटस्थ बस्नुभयो ।
विघटनको विपक्षमा लागेकै कारण वरिष्ठ नेताद्वय नेपाल र खनाल एमाले पुनस्थापनापछि ओलीसँगै बस्न सक्ने अवस्था रहेन । विघटनको विपक्ष लागेककै कारण ओलीले इख साँधेर पार्टीमा भूमिकाविहीन बनाउँदै निकाष्सन गरेपछि नेपाल र खनाल लगायतका नेताले एमाले छाडेर नेकपा एकीकृत समाजवादी स्थापना गर्नुभएको हो । त्यस्तै नेकपा विभाजनपछि एमाले र समाजवादी दुवै कित्तामा नलागी तटस्थ बस्दै आउनु भएका गौतमले पनि गएको साता साता छुट्टै पार्टी दर्ता गराउनु भएको छ । पार्टी दर्तासँगै गौतम फेरि वाम एकताको पक्षमा सक्रिय हुन थाल्नुभएको छ ।
गौतमले विहीबार एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाललाई छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । गौतमका सक्रियासँगै आइतबार फेरि नेपाल, दाहाल, खनाल र नारायणकाजी श्रेष्ठ लगायतका ५ नेताबीच भेटवार्ता भएको छ । गौतमकै पहलमा ५ नेता खुमलटारमा जुटेको स्रोतले बताएको छ । विगतमा एउटै मोर्चामा रहेपनि अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएपछि खुमलटारमा ५ नेता जुटेको पहिलो पटक हो ।
५ नेताबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयले
५ नेताबीच छलफललाई आगामी दिनमा पनि निरन्तरता दिने समझदारी बनेको समेत बताएको छ ।